पाल्पाको लघुवामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १७ जना घाइते
पाल्पा | साउन ८, २०७९
पाल्पा : पाल्पाको रिब्दीकोट–२, लघुवामा यात्रुबहाक बस दुर्घटना हुँदा छ जना यात्रुको मृत्यु भएको छ ।
तानसेन–रिडी–तम्घास सडक खण्डको लघुवामा आइतबार बेलुकी ५ बजेतिर यात्रु बाहक बस दुर्घटना भएको हो ।दुर्घटनामा परी १७ जना यात्रु घाइते भएको रिब्दीकोट गाउँपालिका–२, का वडा अध्यक्ष ओमप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
मृतक तथा घाइतेको उद्दार कार्य भइरहेको उहाँले जानकारी दिनुभयो । गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस लघुवास्थित ढिकबाट तल खसेको स्थानीय बासिन्दाले बताएका छन् ।
काठमाडौं: राष्ट्रियसभामा रिक्त सदस्य चयन गर्न मतदान सुरु भएको छ । २०८२ फागुन २० गतेदेखि राष्ट्रियसभामा १७ सिट (सदस्य) रिक्त रहेको छ । यसका लागि बिहान ९ बजेदेखि मतदान सुरु भएको निर्वाचन आयोगले जना...
पोखरा: पोखरा महानगरपालिका १५ द्धारा आयोजित चौथो वडास्तरीय खेलकुद महोत्सव सम्पन्न भएको छ । वडास्तरीय खेलकुद महोत्सव अन्र्तगत पुरुष फुटबलतर्फ सानीमजुवा युवा क्लब विजयी हुँदा महिला भलिबलतर्फ जन ...
पोखरा: कस्केली अधिकृत समाजको ११ औं साधारणसभा तथा आठौं अधिवेशन एक समारोहका बीच आज सम्पन्न भएको छ । कार्यक्रमको प्रदेश लोकसेवा आयोग गण्डकी प्रदेशका अध्यक्ष विष्णुप्रसाद नेपालले उद्घाटन गर्न...

